जापान

परिस्थितिमा सुधार आए संकटकाल चाँडै हटाउने प्रधानमन्त्री आबेको योजना

जापानी प्रधानमन्त्री शिन्जो आबेले संकटकाल एक महिना लम्ब्याउनुको कारण कोरोना भाइरस संक्रमणको महामारी रहेको र यदि संक्रमणको स्थितिमा सुधार आए संकटकाल निर्धारित मितिभन्दा अगावै हटाइने बताउनुभएको छ ।

सोमबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री आबेले संकटकाल जारी रहे पनि जापानमा कोरोना भाइरस संक्रमणको घटना एक तिहाईले कम हुँदै गएको भए पनि संक्रमणको दर सन्तोषजनक नरहेकाले चिकित्सा पद्धतिमा ठूलो दवाव बताउँदै जापान महामारी नियन्त्रणको दिशामा अग्रसर रहेको बताउनुभयो ।

प्रधानमन्त्री आबेले संक्रमणको दरमा मात्र कमी आएर नहुने भन्दै बिरामी निको हुने संख्या पनि कम हुँदै जानुपर्ने बताउँदै अहिले दैनिक १०० जना बिरामी निको हुँदै गएको बताउँदै यसबाट सन्तुष्ट हुन नसकिएकाले नै संकटकाल कायम राखिएको बताउनुभयो । उहाँले मानिसको आवत जावत रोक्न योभन्दा अर्को उपाय नभएको पनि बताउनुभयो ।

यदि विशेषज्ञ समितिले संकटकाल हटाउने सिफारिश गरेमा मे ३१ अगावै हटाउन सकिने भन्दै प्रधानमन्त्री आबले प्रभावित क्षेत्रमा संक्रमणको सिथति कस्तो छ र चिकित्सा सेवा कसरी चलिरहेको छ त्यसको जानकारी मे महिनाको दोस्रो हप्ता समितिले दिने र त्यसपछि संकटकालका बारेमा निर्णय गरिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री आबेले सरकारले छिट्टै नै संकटकालबाट प्रभावितहरुका लागि नगद पदान गर्ने र अतिरिक्त सहयोग दिने विषयमा विचार गर्ने बताउँदै अतिरिक्त सहायताबाट घर भाडा तिर्न नसकेका व्यवसायहिरुलाई मद्दत मिल्नेछ । त्इसै गरी रोजवगार समायोजन अनुदान पनि प्रदान गरिने छ जसबाट आर्थिक अभाव झेलिरहेका विद्यार्थीहरुलाई सहयोग गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.