जल/वातावरण

वीरगञ्जमा दुई महिने शिशुसहित १७ जनामा कोरोना संक्रमण- संक्रमितको संख्या ९९ पुग्यो

बुधबार वीरगञ्जमा १७ जना कोरोना भेटिएका र १७ जनामध्ये २ महिने शिशु पनि संक्रमित भएको पाइएको छ । यो समेत नेपालमा कोरोना संक्रमितको संक्रमिको संख्या ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । डा देवकोटाका अनुसार बुधबार फेला परेका १७ जना संक्रमितमा २ महिनाको शिशुदेखि ६६ वर्षसम्म रहेका छन् ।

उनीहरु सबै पर्सा जिल्लाका हुन् । प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् ।

वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका अनुसार संक्रमित सबै एउटै परिवारका रहेका छन् र सबै संक्रमित वैशाख १४ गते संक्रमण देखिएका पुरुषका परिवार हुन् । ती पुरुष महानगरका कर्मचारी पनि हुन् । ‘उहाँहरू सबै एउटै परिवारका सदस्य हुनुहन्छ ।

वैशाक १४ गते महानगरपालिका ३ स्थित छपकैयामा बस्दै आएका एक पुरुषमा संक्रमण देखिएपछि उक्त पुरुषका परिवार र सम्पर्कमा आएकाहरूको परीक्षण गर्न काठमाडौं पठाइएको थियो । संक्रमित पुरुष राहत वितरणमा पनि सहभागी भएकाले संक्रमण थप बढ्न सक्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.