स्वास्थ्य

संक्रमितको उपचारमा मनलाग्दी शुल्क लिने अस्पताललाई कारबाही

कोरोना भाइरस संक्रमितहरुको उपचारमा निजी अस्पतालहरुले आफूखुसी अत्यधिक शुल्क निधारण गरेर सूचना जारी गरेपछि त्यस्ता अस्पतालहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्पष्टिकरण सोधेको छ भने सरकारले पनि कारबाही गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने बताउनुभयो ।

“महामारीको यो सङ्कटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “अनावश्यक बढी शुल्क लिनेलगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्न नगराउन हुन सचेत गराइन्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.