कला/मनोरन्जनकलिउड

‘गोल्डेन भ्वाइस’ प्रेमध्वजको ८४ वर्षको उमेरमा निधन

सुगम नेपाली संगीतमा गोल्डेन भ्वाइस गायकका रुपमा स्थापित वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि केही दिन अगाडि काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा भर्ना गरिनुभएका उहाँको बिहिबार निधन भएको हो ।

सयौं कालजयी गीतका सर्जक ८४ वर्षीय प्रधानको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उहाँले सन् १९५२ मा १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराउनुभएको थियो ।

प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन् । त्यस्तै चलचित्र जीवनरेखा, मायालु चलचित्रका गीतहरु सदावहार मानिन्छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.