जन सरोकार

बारामा सशस्त्र प्रहरी पोष्ट नै भत्काएर भारतीयहरु नेपाल छिर्न खोजेपछि

लकडाउनका बेला सयौंको संख्यामा भारतीयहरु सीमा सुरक्षाका लागि रहेको सशस्त्र प्रहरी बलको पोष्ट नै भत्काएर नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक दिग्विजय सुवेदीलेका अनुसार सुरुमा दुई जना भारतीय नेपाल प्रवेश गर्न खोज्दा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । त्यसपछि फर्केर गएका उनीहरुले थप मानिसहरु सहित आएर सशस्त्र प्रहरीको पोष्ट नै भत्काएपछि भीड नियन्त्रणका लागि एक राउण्ड हवाई फायर गर्नुपरेको जानकारी दिनुभयो ।

समाचार अनुसार भारतको बिहार राज्य अन्तर्गत पर्ने हनुमाननगर गाउँबाट दुईवटा गाडीसहित नेपाल प्रवेश गर्न खोजेका भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई नियन्त्रणमा लिएको थियो ।

नेपाली सुरक्षाकर्मीलाई भारतीयले आक्रमण गर्न खोजेपछि नेपालीहरु पनि प्रतिकारका लागि पुगेका थिए । दुवै देशका सुरक्षाकर्मीहरुले उनीहरुलाई सम्झाई बुझाई गरेर घर फर्काएका छन् । स्थानीयका अनुसार भारतको सीमावर्ती गाउँ हनुमाननगरका कतिपय बासिन्दाको खेतमा जान नेपालको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यस क्षेत्रमा २०, २५ बिघा जमिनमा उनीहरुले बाली लगाएका छन् । लकडाउनपछि उनीहरुलाई नेपालतर्फ आउनमा रोक लगाइएको छ ।

एकएक जना गरेर आउने भने पनि नेपाली सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न नमिल्ने अडान राख्दै आएका थिए । तर खेतमा तयार भएको तरकारी लगायतका बाली भित्र्याउन र नयाँ बाली लगाउन नपाएको भन्दै हनुमानगरका बासिन्दा आक्रोशित बनेका हुन् ।

सुवर्ण गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको तर अहिले सामान्य भइसकेको बताउँदै ‘सीमावर्ती हनुमान नगर गाउँका बासिन्दा पानी परेको मौका छोपेर नेपाल छिर्न खोजेका तर नेपाली प्रशासनले रोकेपछि उनीहरु हातपातमा उत्रिएपछि स्थानीय नेपाली पनि प्रतिकारमा उत्रिएका थिए । सो क्षेत्र केहीबेर तनावपूर्ण बनेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.