जन सरोकार

कोरोनाको उच्च जोखिममा पत्रकार, महासंघमा आइसोलेसन बेड

उपत्यका प्रदेश कमिटीले स्थापना गर्यो राहत कोष

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसंगै अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरु उच्च जोखिममा रहेका छन् । पत्रकारहरुमा संक्रमण बढ्दै गएपछि पत्रकारहरुको सुरक्षाका लागि नेपाल पत्रकार महासंघको गेस्ट हाउसमा अक्सिजनसहितको आइसोलेसन बेड तयार गरिएको छ भने उपत्यका प्रदेश कमिटीले उपत्यकाका पत्रकारहरुका लागि राहत कोष स्थापना गरेको छ ।

पछिल्लो विवरण अनुसार नेपालमा हालसम्म ६५० जना पत्रकार संक्रमित भएका छन् भने ७ जना मृत्यु भइसकेको छ ।

महासंघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार हाल नेपालमा २ सय ५२ जना पत्रकारमा सक्रिय संक्रमण छ ।

महासंघका अनुसार संक्रमितमध्ये प्रदेश १ मा १८ जना, प्रदेश २ मा ९ जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ३० जना र सुदूरपश्चिम प्रदेशमा ३० जना पत्रकारमा सक्रिय संक्रमण छ ।

त्यस्तै उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशमा १ सय १७ जना संक्रमित रहेको महासंघले जनाएको छ । संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेको तथा ४ जना आइसीयूमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.