क्रिकेटखेल

जिम्बावेमाथि नेपालको सहज जित

टेष्ट र एकदिवसीय मान्यता प्राप्त जिम्बावे ए विरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले सानदार र सहज जित निकालेको छ ।

शनिबार कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ लाई नौ विकेटले हराउँदै अघिल्लो हारको बदला समेत लिएको छ ।

नेपाली बलरहरुका सामु खुलेर खेल्न नसकेको जिम्बावे मात्र ८७ रनमा समेटिएको थियो । ८८ रनको झिनो विजय लक्ष्य लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाउनुभयो । आसिफ शेखले अविजित ३४ रन र विनोद भण्डारीले अविजित चार रनब नाउनुभयो । बलिङमा जिम्बावेका ब्राण्डन माभुताले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१.१ ओभरमा सवै विकेट गुमाएर ८७ रन बनाएको थियो । जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाउनुभयो । ब्राड इभान्स २० र सेफासले १० र लुक जोग्वेले आठ रन बनाउनुभयो ।

बलिङमा नेपालका सोमपाल कामी र करण केसीले तीन तीन विकेट लिनुभयो । सन्दीप लामिछानेले दुई तथा सागर ढकालले एक विकेट लिनुभयो । नेपालको जितसँगै सिरिज १–१ को बराबरी भएको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग तीन विकेटले पराजित भएको थियो ।

नेपाललाई ३ विकेटले हराएको थियो । अब सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । यसअघि दुई टोलीबीचको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो । टी–२० मा दुवै टोलीले एक एक जित निकालेका थिए भने एक खेल बर्षाका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.