प्रबास

अनेसास केन्द्रीय निर्वाचन समिति गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले सन् २०२४-२०२६ कार्यकालका लागि केन्द्रीय कार्यसमितिको निर्वाचन तयारी सुरू गरेको छ ।

शनिबार अनेसासका अध्यक्ष गोवर्ध्दन पूजाको सभापतित्वमा बसेको बैठकले पत्रकार तथा साहित्यकार गुणराज लुइटेलको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको छ ।

समितिमा डा। चूडामणि खनाल र डा। कविता घिमिरे रहेका छन । प्रत्येक दुई(दुई वर्षमा हुने निर्वाचनले यसपटक १७ औँ अध्यक्षलाई निर्वाचित गर्ने छ ।

विश्वमा पाँचवटा महादेशमा फैलिएको अनेसासका २४ सय जति आजीवन सदस्य रहेको छ । यसरी विश्वभर यति ठूलो सञ्जाल भएको यो एकमात्र पुरानो र सक्रिय साहित्यिक संस्था हो ।

भानुजयन्तीको सन्दर्भ पारेर नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिने कार्ययोजना सहित निर्वाचन गरिने अध्यक्ष गोवर्ध्दन पूजाले बताए ।

यसपटकको निर्वाचनले एक(एकजना अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित प्रत्येक महादेशबाट १(१ जना उपाध्यक्ष गरी पाँचजना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य निर्वाचित गर्नेछ । १७ जनाको कार्यसमिति पूरा गर्न दुई जना सदस्य मनोनित गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.