राजनीति

लिपुलेकमा भारतले बनाएको सडक : सरकारद्वारा प्रष्टिकरण माग

भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा पारेलगत्तै सो भूमिलाई आफ्नो आधिकारिकता दिन चीतको तिब्बतमा रहेको मनसरोबारसम्म जाने सडक बनाइर संचालन गरेको समाचार आएसंगै सरकारले यसबारेमा स्पष्ट जानकारी मागेको छ ।

शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले अनलाइनमार्फत सो सडकको उद्घान गरेको समाचार बाहिरिलगत्तै नेपालमा यसले अलग्गै तरंग उत्पन्न गरेको थियो । दुबै मुलुक कोरोनाा संक्रमणबिरुद्ध संघर्ष गरिरहेका बेला आम जनताको भारतले गरेको पछिल्लो हेपाहा गतिविधिको रातारात चर्को बिरोध भैरहेको छ ।

नेपाली भूमि भारतको नक्सामा पारेसंगै उत्कर्षमा पुगेको सो क्षेत्रको सीमा विवाद अहिले झन चर्कन पुगेको छ । यसअघि दुबै देश मिलेर समस्या समाधान गर्ने भन्ने भारतको आश्वासन झूठा ठहर गर्दै भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेपछि सरकारले यस विषयमा जानकारी मागेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष आग्रह गरिएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले भन्नुभयो, ‘लिपुलेक कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले केकस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।’

यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्र्वजनिक गरेपछि नेपाल सरकारले केहीअघि आपत्ति जनाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.