जन सरोकार

गाँजा बरामद गरेर फर्कदै गरेको प्रहरीमाथि स्थानीयबासीको आक्रमण, तीन प्रहरी घाइते

शुक्रबार राति चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरी टोलीमाथि आक्रमण भएको छ । आक्रमणमा परी तीन प्रहरी घाइते भएका छन् ।

आइजिपी बढुवा

समाचार अनुसार राप्ती नगरपालिका–१२ बाट ३४ किलो गाँजा बरामद गरेर फर्किरहेको बेला शुक्रबार राति करिब साढे ९ बजेतिर चौकीडाँडामा स्थानीयबासीले प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणपछि प्रहरीले प्रतिकारस्वरुप एक राउन्ड हवाई फायर गरेको जनाएको छ ।

आक्रमणबाट प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यादवको अवस्था मध्यम छ । अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले दिएको जानकारी अनुसार स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय भण्डाराको बा १ झ ७४६५ र रत्ननगर नगरपालिकाको बा १२ च २७१ र नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।

आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चराम घलान र ३५ वर्षीय धनबहादुर घलान छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.