राजनीति

सामूहिक राजीनामा दिनु पार्टीबिरुद्ध अपराध हुने

ओली पछार्ने नाममा पाटी पछार्ने र आफ्नो राजनीतिक जीवन नै समाप्त नपार्न आग्रह

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुबाट सामूहिक राजीनामा दिने तयारी गरिरहेको प्रति टिप्पणी गर्दै आफ्नो राजनीतिक जीवन नै समाप्त पारी पार्टीलाई पछार्नतिर नलाग्न नेताहरुलाई आग्रह गर्नुभएको छ ।

आफूले संसदमा विश्वासको मत लिनु एकदिन अघि नेपाल पक्षधर सांसदहरुले राजीनाम दिएर ओलीलाई जसरी पनि सत्ताच्यूत गर्ने तयारी पछि उहाँले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामूहिक राजीनामा दिनू अपराध हुने बताउँदै पार्टीविरुद्धको हर्कतहरुले स्वयम् आफू पार्टी नै बर्बादीतिर जाने बताउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ- “आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरीरगराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन्य, स्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह” गर्नुभएको छ ।

विज्ञप्तिमा उहाँले पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताउँदै भन्नुभएको छ ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु’ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.