क्रिकेटखेल

आइपिएलमा हैदराबादको सानदार जित, लखनउ १० विकेटले पराजित  

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा लखनउ सुपर जायन्टसमाथि हैदराबादले १० विकेटको सानदार जित निकालेको हो ।

आइपिएलमा हैदराबादको सानदार जित

हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । लखनउका लागि आयुष बदोनीले अविजित रहँदै ३० बलमा ५५ रनको अर्धशतकीय पारी खेले  भने निकोलस पूरनले २६ बलमा ४८ रन बनाए ।

त्यस्तै, कप्तान केएल राहुलले २९ रन जोड्दा क्रुनाल पाण्ड्याले २५ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमारले २ तथा कप्तान प्याट कमिन्सले १ विकेट लिए । लखनउले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदराबादले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा पूरा गर्यो ।

हैदराबादको लागि ट्रेविस हेडले ३० बलमा ८ चौका र ८ छक्काको सहयोगमा ८९ रनको अर्धशतकीय अविजित पारी खेल्दा अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय इनिङ खेले  । जितसँगै हैदराबाद १२ खेलमा १४ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट १२ अंक जोडेको  लखनउ छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र पन्जाब किंग्स नेपाली समय अनुसार पौने आठ बजे भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.