जल/वातावरण
उदयपुरकी एक महिलामा कोरोना संक्रमण- संक्रमितको संख्या एक सय १० पुग्यो
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ सय १० पुगेको छ । शनिबार साँझ उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आजै प्रदेश नम्बर १ मा ३ जनामा कोरोना पुष्टि भएका थिए ।
उदयपुरकै उनीहरु १८, ४५ र ६५ वर्षीया महिला रहेका थिए । यस्तै कपिलबस्तुमा ३ जना र पर्सामा एक जनामा पनि आजै कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ जना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्