जन सरोकार

यस वर्ष पनि यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित

यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका

कोरोना भाइरस संक्रमणका कारण अघिल्लो वर्ष विद्यालयस्तरीय परीक्षा एसईई परीक्षाको अघिल्लो दिन स्थगित गरियो । यस वर्ष परीक्षाको सम्भावनाा कायमै रहेका बेला कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणले महामारीकै रुप लिएपछि यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले कोभिड–१९ महामारीको जोखिम र सबैतिर निषेधाज्ञा जारी भएकाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो ।

बैठकले अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको निर्णय गरेको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.