क्रिकेटखेल

आइपिएलमा बैंगलोरको प्लेअफ सम्भावना जिवितै, पञ्जाब बाहिरियो

इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरसँग पाँचौं जित हात पारेको छ । बिहीबार राति भएको खेलमा पञ्जाब किंग्सलाई ६० रनले पराजित गर्दी बैंगलोरले प्रतियोगितामा पाँचौं जित हात पारेको हो ।

आइपिएल

जितसँगै बैंगलोरको प्लेअफ पुग्ने सम्भावना जिवितै छ भने पराजित पञ्जाबको प्लेअफ पुग्ने सपना समाप्त भएको छ । पञ्जाबको घरेलु मैदान धर्मशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । बैंगलोरका लागि विराट कोहलीले ४७ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ९२ रनको अर्धशतकीय पारी खेले भने रजत पाटिदारले ५५ रनको अर्धशतकीय इनिङ खेले  ।

त्यस्तै क्यामरुन ग्रीनले ४६ रन जोड्दा दिनेश कार्तिकले १८ रन बनाए । पञ्जाबको लागि हर्षल पटेलले ३ विकेट लिए । बैंगलोरले दिएको २ सय ४२ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा १ सय ८१ रनमा अलआउट हुन पुग्यो । पञ्जाबका लागि राइली रूसोले ६१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै शसांक सिंहले ३७ रन जोड्दा जोनी बेयरिस्टोले २७ र स्याम करनले २२ रन बनाए । बैंगलोरका लागि मोहम्मद सिराजले ३ विकेट लिँदा स्वपनिल सिंह, लक्की फर्गुसन र कर्न शर्माले समान २-२ विकेट लिए । जितसँगै बैंगलोर १२ खेलमा १० अंक जोड्दै सातौं स्थानमा छ भने समान खेलमा ८ अंक जोडेको पञ्जाब नवौं स्थानमा रहेको छ । आइपीएलमा आज गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्स नेपाली सामय अनुसार राति पौने आठ बजे भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.