राजनीति

भारतीय राजूदतलाई बोलाएर सरकारले दियो कूटनीतिक नोट

भारतले नेपाली भूमि लिपुलेकबाट तिब्बतको मानसरोबरसम्म पुग्ने बाटो उद्घाटन गरेपछि नेपाल सरकारले त्यसमा गम्भीर आपत्ति जनाएको छ । यसै क्रममा सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार भारत सरकारलाई कूटनीतिक नोट पठाउनु भएको छ ।

मन्त्री ज्ञवालीले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई कूटनीतिक नोट हस्तान्तरण गर्नुभएको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । भारतले लिपुलेक हुँदै चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि उत्पन्न विवाद अन्यत्र सबैतिरको सीमा विवादको समाधानको पहल गर्दै नेपाल सरकारको तर्फबाट कूटनीतिक नोट पठाएको जनाएको हो ।

कूटनीतिक नोटमा मन्त्री ज्ञवालीले सीमा विवादका बिषयमा नेपालको आफ्नो औपचारिक धारणा उल्लेख गर्नुभएको छ । मन्त्री ज्ञवाली र राजदूत क्वात्राका बीचमा शान्तिपूर्ण वार्ता मार्फत विवाद समाधान गर्न आवश्यक पहल गर्ने बिषयमा छलफल भएको जनाइएको छ ।

भारतले नेपालको भूभाग लिपुलेकहुँदै मानसरोवर जाने बाटो बनाएर उदघाटन गरेपछि सीमा अतिक्रमणको विवाद थप चुलिएको हो । विवादको समाधान गर्न थप उच्चस्तरीय पहलको तयारी समेत भइरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.