जापान

व्यवसायीहरुलाई दिइएको आर्थिक सहायता राशि कटौतीको माग

सबै राज्यका गभर्नरहरुद्वारा सरकार समक्ष आपतकालीन प्रस्ताव

कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण तीब्र रुपमा बढ्दै गएपछि जापानका सबै राज्यका गभर्नरहरुको बैठकले संक्रमण रोकथामका लागि केन्द्र सरकार समक्ष आपतकालीन प्रस्ताव गरेका छन् । प्रस्तावमा कोरोना भाइरस संक्रमण वृद्धि हुन नदिन आवश्यक नियन्त्रणका लागि कडा कदम उठाउन आग्रह गरिएको छ ।

सोमबार राष्ट्रिय गभर्नर संघले अनलाइनन बैठक आयोजना गरी सो आपतकालीन प्रस्ताव गरेका हुन् । गत साता मात्रै सरकारले राजधानी टोकियो लगायतका राज्यहरुमा संकटकालको अवधि बढाएछि यो बैठकको आयोजना गरिएको हो । बैठकमा ४७ राज्यका गभर्नरहरुको सहभागिता थियो ।

बैठकमा राजधानी टोकियो महानगर गभर्नर युरिको कोइकेले संक्रमणको स्थति नयाँ अवस्थामा प्रवेश गरिरहेकाले आम मानिसले यो तीब्र गतिमा बढ्दै खतरा बनिरहेकोतर्फ ध्यान दिनु आवश्यक छ । त्यस्तै उहाँले सरकारले व्यवसाय बन्द गर्नेहरुलाई दिइएको आर्थिक सहायता राशीमा पनि ठूलो कटौती गर्नुपर्ने बताउनुभएको छ । सरकारले तोके अनुसारको भारी रकम आर्थिक सहायता दिन असम्भव हुने पनि बताउनुभयो ।

त्यस्तै ओकायामाका गभर्नर रियूता इबारागीले कोरोना भाइरसको नयाँ प्रजाति मूल भाइरसभन्दा अलग बताउँदै यसबिरुद्ध विजय पाउन कडा उपाय अपनाउनुपर्ने बताउनुभयो । उहाँले अहिले कायम रहेको उपायको प्रभावकारिताको प्रतिक्षा गरेर बस्दा अरु उपाय अपनाउन ढिला हुनसक्नेन बताउनुभयो ।

बैठकमा सबै गभर्नरहरुले केन्द्र सरकारसंग सम्भव भएसम्मको सहयोगको अपेक्षा गदै कोरोनाबिरुद्धको खोप अभियानलाई तीब्रताा दिन पर्याप्त मात्रामा चिकित्सकको व्यवस्था गर्न पनि प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.