जन सरोकार

२ सय १२ संचारमाध्यम प्रेस काउन्सिलको कारवाहीमा

प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता लागू भएदेखि हालसम्म यस विपरीतका कार्य गर्ने २१२ वटा संचारमाध्य तथा पत्रकारहरु कारवाहीमा परेका छन् ।

कारवाहीमा सबैभन्दा बढी ८६ वटा अनलाइन रहेका छन् भने त्यसपछि ४४ वटा वेब पोर्टल रहेका छन् । २यसै गरी काउन्सिलले ९ जना पत्रकारलाई पनि कारवाही गरिएको जनाएको छ ।

काउन्सिल नेपालका अनुसार कारवाहीमा पर्ने अन्य मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन रहेका छन् ।

कारवाही गरिएका मिडियामध्ये ३६ वटासँग स्पष्टीकरण तथा जवाफ माग, ८१ वटालाई निर्देशन, १७ वटालाई सचेत गराइएको, ४६ वटालाई ध्यानाकर्षण र ४४ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ ।

प्रकाशित तथा प्रसारित भएका २२३ वटा सामाग्रीलाई लिएर काउन्सिलले २१२ वटा मिडियालाई कारवाही गरेको हो । निर्वाचन आयोगले मिडियाले निर्वाचन अचारसंहिता पालना गरेको वा नगरेको भन्ने अनुगमन गर्ने जिम्मेवारी काउन्सिललाई दिएको थियो । सोही अनुसार काउन्सिलले अनुगमन गरी कारवाही गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.