डलरसंग नेपाली मुद्राको अवमूल्यन इतिहासमै उच्च
नेपाली मुद्राको अवमूल्यन इतिहासमै उच्च भएको छ । भारतीय मुद्रा कमजोर भएका कारण अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन अहिलेसम्मकै उच्च अवस्थामा पुगेको हो

नेपाल राष्ट्र बैङ्कले मङ्गलबारका लागि सार्वजनिक गरेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको बिक्री दर १२४ रुपियाँ २५ पैसा पुगेको छ ।
भारतसँग स्थिर विनिमय दर भएका कारण भारतीय मुद्रा अवमूल्यन भएपछि नेपाली मुद्रा पनि स्वचालित रूपमा कमजोर बनेको हो । भारतीय रुपियाँ एक सयको नेपाली रुपियाँ १६० स्थिर विनिमय दर छ ।
अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च हुदैँ गएकाले डलरको मूल्य बढेको र अन्य मुद्राको अवमूल्यन भएको हो । अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा डलर अझै महँगिने आकलन अर्थशास्त्रीहरूको छ ।
डलर महँगो हुँदा रेमिट्यान्स भित्रिने क्रम बढ्छ भने पर्यटक आगमन बढ्न लागेकाले केही फाइदा अर्थतन्त्रलाई हुन सक्छ । तर समग्रता आयात उच्च भएकाले नकारात्मक प्रभाव नै बढी हने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चीरञ्जीवी नेपाल बताउनुहुन्छ ।
डलर महँगो हुँदा नेपाली अर्थतन्त्रलाई समग्रमा नोक्सानी नै हुने देखिएको छ । यसै त विदेशी मुद्रा सञ्चिति खस्केको छ, यही बेला डलर बलियो बन्दा खरिदमा अझै बढी खर्च गर्नुपर्ने भएको छ । यसबाट मूल्यवृद्धि दोहोरो अङ्कसम्म पुग्न सक्ने डा. नेपालको अनुमान ।
पछिल्लो समय रुस–युक्रेन युद्धका कारण पनि अन्तर्राष्ट्रिय लगानीकर्ताले डलर सञ्चतिलाई नै प्राथमिकतामा राखेकाले पनि डलर बलियो भएको र यो क्रम अझै बढ्ने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्