राजनीति

समृद्ध नेपाल, सुखी नेपाली अभियान पूरा गर्नुपर्छ : महासचिव पोख्रेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोख्रेलले पार्टी देश निर्माणको अभिभारा बोकेर अगाडि बढेको बताउनुभएको छ । नेकपा (एमाले) तनहुँले शुक्रबार तनहुँमा आयोजित दसौँ अधिवेशनको उद्घाटन गर्दै उहाँले समाजलाई बदल्ने सङ्कल्प बोकेर पार्टी अगाडि बढेको बताउनुभयो ।

महासचिव पोख्रेल

उहाँले पोख्रेलले भन्नुभयो, “देश बनाउने मुख्य अभिभारा बोकेर पार्टी हिँडेको छ । समृद्ध नेपाल, सुखी नेपाली अभियान पूरा गर्नुपर्नेछ ।” आर्थिक, सामाजिक विकास अहिलेको आवश्यकता रहेको बताउँदै महासचिव पोख्रेलले विगतमा राजनीतिक परिवर्तनको यात्रामा धेरै समय खर्चिएको बताउँदै भन्नुभयो, “अब राजनीतिक परिवर्तनको यात्रा होइन । जनताको जीवन परिवर्तन गर्ने यात्रामा अगाडि बढ्नुपर्छ ।”

कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्यूरो सदस्य टुकराज सिग्देललगायतले पार्टीलाई एकढिक्का बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याउनुभयो ।

अधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा पाँच सय ८७ प्रतिनिधि सहभागी रहेको पार्टी अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशनका लागि हालका उपाध्यक्ष हरिराज कँडेल र पूर्वप्रदेश कमिटी सदस्य विष्णुभक्त सिग्देल आकाङ्क्षी छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.