कला/मनोरन्जनकलिउड

ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने

यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

बौद्धिक तथा सौन्दर्य प्रतियोगिता

निलहिरा समाजले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूको क्षमता अभिवृद्धिका लागि आगामी जेठ ३ गते प्रतियोगिता गर्न लागिएको समाजका सदस्य सिम्रन शेरचनले जानकारी दिनुभयो ।

यौनिक तथा अल्पसङ्ख्यक समुदायको घृणाविरुद्धको दिवस पारेर समाजले प्रतियोगिता गर्न लागिएको हो । विश्व स्वास्थ्य सङ्गठनले ११९० मे १७ तारिखमा यौनिक तथा अल्पसङ्ख्यक मानसिक रोग होइन भनेर घोषणा गरेको अवसरमा दिवस मनाउँदै आएका छन् । यसबर्ष ‘कोही पनि पछाडि नपारिउन : सबैको समानता र सामाजिक न्याय कायम होस्’ भन्ने नाराका साथ दिवश मनाइँदै छ ।

राष्ट्रिय नाचघरमा प्रतियोगिता हुनेछ । १९ जना सहभागी हुने प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार र तेस्रोलाई नगद राशीसहित प्रमाणपत्र दिइने छ । शेरचनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई थाइल्याण्डको बैककमा हुने ट्रान्सजेन्डर सौन्दर्य प्रतियोगिता सहभागी गराइने छ । आयोजक संस्थाले प्रतियोगितामा सहभागी हुनेलाई क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका लागि १५ दिनसम्म तालिम दिइएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.