राजनीति

भोलि बुधबार बस्ने भो नेकपा स्थायी कमिटी बैठक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक डाकेको छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार भोलि बुधबार पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान ११ बजे बैठक बोलाएको जानकारी गराउनुभयो ।

यो पार्टी एकतापछिको तेस्रो बैठक हो । यसअघि गत पुसको अन्तिम साता बैठक बसेको थियो । पछिल्लो समय पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुगेका बेला अधिकांश सदस्यले स्थायी कमिटिको बैठक माग गरेका थिए ।

यसअघि वैशाख २४ गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा दिएको थियो ।

पार्टी कार्यालय सचिव रिजालले दुई अध्यक्षले कार्यसूची तय गरेपछि बैठक बस्न थालेको जानकारी दिनुभयो । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारको गतिविधि, नीति तथा कार्यक्रम, बजेट र पार्टीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.