कर्पोरेट/पर्यटन

५४ वर्षीय कामीरिताले तोडे आफ्नै कीर्तिमान, २९औं पटक सगरमाथामा

विश्व कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान कायम गर्नुभएको छ ।

आरोहणको यो सिजनमा शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेसँगै उहाँले २९ औँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

योसँगै उहाँले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोड्नुभएको छ । खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.