जल/वातावरण

सुरक्षित भनेको उपत्यकामा भेटिए तीनजना संक्रमित- मंगलबार मात्रै थपिए ८३ जना

मंगलबारमात्रै नेपालमा ८४ जना कोरोना संक्रमित भेटिंदा सुरक्षित मानिएको काठमाडौं उपत्यकामा तीनजना भटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको हो ।

सरकारले आवश्यक शतर्कताका साथ लकडाउन खुकुलो बनाउने निर्णय गरेयता आइतबारदेखि मंगलबारसम्म मात्रै सयभन्दा बढी संक्रमित भेटिएका हुन् । योसंगै संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा काठमाडौँ उपत्यकासहितमा संक्रमण देखिएको पुष्टि गर्नुभयो । यससँगै संक्रमितको संख्या २१७ जना पुगेका छन् ।

यसअघि नै पर्साका ३९, रुपन्देहीका नौ, कपिलवस्तुका आठ र बाराका एक जना गरी ५७ जनामा देखिएको थियो । मंगलबार अपरान्ह र राति मात्र गरी संक्रमित ८३ भेटिएका छन् । यो एक दिनमा नेपालमा भेटिएको सबभन्दा ठूलो संख्या हो । नयाँ संक्रमितमध्ये पर्सा जिल्लाका २२, २८, २८, ३२, ४५, ६० वर्षीय महिला तथा १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१, ६१ वर्षीय पुरुष छन् ।

यसैगरी महोत्तरी जिल्लाका १६ र ३५ वर्षीय पुरुष तथा धनुषा जिल्लाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष छन् । नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकाका तीन जना रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । सोअनुसार भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ जिल्लाकी ३५ वर्षीया महिला छिन् ।

यसैगरी सर्लाहीका ४५ वर्षीय पुरुषमा समेत संक्रमण रहेको जनाइएको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार ती संक्रमितको अवस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

कुन जिल्लामा कति पुगे संक्रमित ?

मन्त्रालयकाअनुसार पर्सा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उदयपुरमा ३०, मोरङमा २, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ४, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा पुष्टि भएको छ । यसैगरी हालसम्म ४३ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.