जल/वातावरण
नर्सलाई कोरोना संक्रमणपछि आरोग्य स्वास्थ्य प्रतिष्ठान सिल
आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत नर्सलाई कोराना भाइरस संक्रमण भएको पुष्टि भएपछि बुधबार विहानबाट प्रतिष्ठान सिल गरिएको छ । स्थानीय प्रशासनले ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान भएको भवन सिल गरेको हो ।
संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् । उनलाई लिन आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो ।
राईले भन्नुभयो भक्तपुरकी कोरोना संक्रमित महिलालाई लिन आरोग्य केन्द्रबाट गाडी गएको थियो, उनी त्यहाँकी कर्मचारी रहछिन् । त्यही भएर हामीले सिल गरेका हौं । आरोग्य केन्द्रमा मिर्गौलाको डायलासिसलगायत उपचार गर्ने गरिन्थ्यो ।