राजनीति

नौ बजे अघि नै देउवा-प्रचण्डले सरकारको दावी पेश गर्ने

जसपा महन्थ–राजेन्द्र पक्षका सांसदहरु पुगे भक्तपुरको एक रिसोर्टमा

दुई वा सोभन्दा बढी दलको सहभागितामा बहुमतको सरकार दावी पेश गर्न दिइएको समय सकिन केही घण्टा मात्र बाँकी रहँदा भावी सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।

दुई अध्यक्षबीच भएको वार्ता अनुसार राष्ट्रपतिले दिएको समयभित्रै बहुमतीय सरकारको दाबी लिएर शितलनिवास जाने सहमति भएको बताइएको छ । वैकल्पिक सरकार गठनको समय सकिनै लाग्दा प्रचण्ड र देउवाबीच केहीबेरअघि देउवानिवास बूढानीलकण्ठमा भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेर स्वतः पदमुक्त भएपछि २७ गते साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२)को सरकार गठनका लागि वैशाख ३० राति ९ बजेसम्मको समयसीमा तोक्नुभएको छ ।

देउवा र प्रचण्डले बहुमतीय सरकारको दावी गर्ने निर्णय गरे पनि जसपाको एक समूह सहभागी नहुँदासम्म बहुमत नपुग्ने निश्चित छ । उता सरकार बनाउन निर्णायक भूमिका रहेको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर– राजेन्द्र महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुर्‍याएको छ । सांसदहरुलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्ट लगिएको हो ।

जसपाको बाबुराम उपेन्द्र पक्ष सरकारमा जाने पक्षमा छन् भने ठाकुर महतोपक्ष सरकारमा नजाने बताउँदै आएका छन् । २७ गते जसपाको आधा सांसदले प्रधानमन्त्री ओलीको विपक्षमा मत दिएका थिए भने ठाकुर महतो पक्ष तटस्थ बसेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.