क्रिकेटखेल

आइपिएलमा चेन्नईको सातौं जित, राजस्थान पाँच विकेटले पराजित   

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले सातौं जित हासिल गरेको छ । आइतबार भएको खेलमा राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा सातौं जित हासिल गरेको हो ।

आइपिएलमा चेन्नईको सातौं जित

चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४१ रन बनाएको थियो । राजस्थानका लागि रियान परागले अविजित रहँदै ४७ रन बनाए भने धुव्र जुरेलले २८ रन जोडे ।

त्यस्तै यशस्वी जसैवालले २४ रन जोड्दा जोश बट्लरले २१ र कप्तान सञ्जु स्यामसनले १५ रन बनाए । चेन्नईका लागि सिमरजित सिंहले तीन र तुषार देशपाण्डेले दुई विकेट लिए । राजस्थानले प्रस्तुत गरेको १४२ रनको लक्ष्य चेन्नईले १८.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

चेन्नाईका लागि कप्तान रुतुराज गायकवाडले अविजित रहँदै ४२ रन बनाए भने रचिन रविन्द्रले २७ रन जोड्दा ड्यारिल मिचेलले २२, शिभम दुबेले १८ र मोइन अलीले १० रन बनाए । राजस्थानका लागि रविचन्द्रन आश्विनले दुई विकेट लिए भने नान्द्रे बर्गर र युज्वेन्द्र चहलले समान १-१ विकेट लिए ।

जितसँगै चेन्नई १३ खेलमा १४ अंक जोडेको तेस्रो स्थानमा उक्लिएको छ भने १२ खेलबाट १६ अंकका जोडेको राजस्थान दोस्रो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.