जापान

उत्तर कोरियाद्वारा अपहरित जापानी नागरिकका आफन्तद्वारा समस्या समाधान गर्न माग 

वृद्ध आमाबाबुलाई आफ्ना बच्चाहरूसँग पुनर्मिलन गर्न सकियोस् भन्दै उत्तर कोरियाद्वारा अपहरण गरिएका जापानी नागरिकका आफन्तहरूले अपहरण मुद्दाको चाँडो समाधानको लागि आफ्नो माग दोहोर्याएका छन् ।

उत्तर कोरियाद्वारा अपहरित जापानी नागरिक

जापानी नागरिकका आफन्तका समूह र उनीहरूका समर्थकहरूले शनिबार टोकियोमा एक र्‍याली निकालेका थिए, जसमा प्रधानमन्त्री फुमियो किशिदासहित करिब ८०० व्यक्ति सहभागी थिए ।

समूहका नेता योकोटा ताकुयाले उनकी आमा ८८ वर्षीया साकी र अरिमोतो केइकोका बुबा ९५ वर्षीय अरिमोतो अकिहिरो अपहरणमा परेकाहरूका एक मात्र जीवित अभिभावक भएको बताए । ताकुयाकी दिदी मेगुमीलाई सन् १९७७ मा १३ वर्षको उमेरमा अपहरण गरिएको थियो ।

ताकुयाले अपहरणको विषयलाई मानवअधिकार र मानवीय समस्याका रूपमा व्याख्या गर्दै यसलाई समाधान गर्न निकै कम समय बाँकी रहेको बताए । उनले अपहरणमा परेका सबैलाई तत्काल स्वदेश फिर्ताको माग गर्दै कुनै पनि छुट नदिई वार्ता जारी राख्न सरकारसँग आग्रह गरे ।

त्यस्तै उनले उत्तर कोरियाली नेता किम जोङ उनलाई आफ्नो सोच परिवर्तन गर्न र अपहरणमा परेकाहरूलाई उनीहरूका अभिभावककहाँ फिर्ता गर्न आग्रह गरे । यस्तै र्‍२२ वर्षअघि जापान फर्किएका पूर्व अपहरणकर्ता सोगा हितोमीले पनि  र्‍यालीलाई  सम्बोधन गरेका थिए । उनी सन् १९७८ मा आमा मियोशीसँगै अपहरणमा परेका थिए । तर उनकी आमा भने अझै बेपत्ता छिन् ।

सोगाले आइतबार जापानमा आमाको मुख हेर्ने दिन भए पनि ४६ वर्षदेखि यो दिवस मनाउन नसकेको भन्दै आफू र आफ्नी आमाले यसरी दुःख भोग्नुपरेको अवस्थामा जानकार नभएको बताए । उनले अपहरणमा परेका सबै छिट्टै घर फर्कने विश्वास व्यक्त गरे ।

र्‍यालीमा आएका नागरिकले अपहरणमा परेका सबैलाई तत्काल स्वदेश फिर्ता गर्न सरकारसँग माग गर्दै उत्तर कोरियालाई अपहरणमा परेकाहरूलाई फिर्ता पठाउने निर्णय लिन आग्रह गरेका छन्  ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.