जापान

जापानी प्रधानमन्त्री किशिदाद्वारा अपहरण मुद्दामा किमसँग शिखर वार्ताका लागि पहल गर्ने प्रतिबद्धता 

जापानी प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाले अपहरण गरेका सबै जापानी नागरिकलाई स्वदेश फिर्ता गर्न उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखर वार्ताका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

शनिबार टोकियोमा अपहरणकारीका आफन्तहरुको जुलुसमा सम्बोधन गर्दै किशिदाले अपहरणको विषय अत्यावश्यक मानवीय मामिला भएको भन्दै धेरै आफन्त वृद्ध भएकाले यसलाई समाधान गर्न थोरै समय बाँकी रहेको बताउनुभयो ।

उहाँले अपहरणमा परेकाहरुलाई यथाशीघ्र स्वदेश फर्काउन सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभयो । तस्तै प्रधानमन्त्री  किशिदाले परिस्थितिमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिंदै शीर्ष नेताहरूले कठिन मुद्दाहरू समाधान गर्न खुला रूपमा बोल्ने स्वतन्त्रता दिने सम्बन्ध निर्माण गर्नुपर्ने बताउनुभयो ।

उहाँले उत्तर कोरियाली नेता किमलाई कुनै पनि सर्त बिना नै भेट्न तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले शिखर सम्मेलनको मार्ग प्रशस्त गर्न आफ्नो पर्यवेक्षणमा उच्चस्तरीय वार्तालाई अगाडि बढाउन विभिन्न माध्यमबाट पहल गर्ने बताउनुभयो ।

उहाँले उत्तर कोरियाली नेतालाई फराकिलो दृष्टिकोणबाट सोच्न, अवरोध हटाउन र मिलेर निर्णय गर्न आग्रह गर्न चाहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.