राजनीति

बहुमतको सरकारका लागि कसैको दावी परेन

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको निर्धारित समयसम्म कसैले पनि बहुमतको सरकार गठनको दावी पेश गर्न सकेनन् ।

वैशाख २७ गते संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेपछि सोही साँझ राष्ट्रपति विपद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलबाट वैशाख ३० गते साँझ ९ बजेभित्र बहुमतको सरकारको दावी पेश गर्न आव्हान भएको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताउनुभएको छ ।

भट्टराईले जारी गरेको विज्ञप्तिमा लेखिएको छ- “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.