राजनीति

इदको शुभकामना दिंदै संघर्षमा उत्रन प्रचण्डको आव्हान

परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकतावद्ध र सचेत संघर्ष

बहुमतको सरकार गठन गर्न असफल भएपछि अल्पमतको सरकार गठन पविर्तन र प्रतिगामी शक्ति हावी भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघर्षमा उत्रन आव्हान गर्नुभएको छ ।

इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रन आह्वान गर्नुभएको हो ।

सन्देशमा उहाँले नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको उल्लेख गर्दै वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको रक्षाका लागि संघर्षमा उत्रन आव्हानन गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा कोरोना भाइरस संक्रणको महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाइ सुरक्षित रहन समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.