सूचना/प्रविधि

ट्विटर खरीद सम्झौता रोकिनुको कारण नक्कली खाताहरूको गणना

टेस्लाका सीईओ एलोन मस्कले सोसल मिडिया प्लेटफर्म ट्विटर किन्ने बारे हुन गइरहेको सम्झौता यसमा नक्कली खाताहरूको गणनाको कारण रोकिएको बताएका छन्। मिडिया रिपोर्टका अनुसार ट्विटरको सेयर प्रारम्भिक व्यापारमा २० प्रतिशतले घटेको छ ।

मस्कले यस हप्ताको शुरुमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाउने ट्विटरको निर्णय गल्ती भएको बताएका थिए। यदि उनको सोशल मिडिया कम्पनीको अधिग्रहण सफल भयो भने यसलाई उल्टाउने बताएका थिए ।

हालै ४४ अर्ब अमेरिकी डलरको सम्झौतामा मस्कले ट्विटर अधिग्रहण गर्ने सहमत भएको छ । यद्यपि यो अझै पनि शेयरकर्ताहरूको स्वीकृतिको अधीनमा छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.