राजनीति

निर्वाचनमा जनताको उत्साहजनक सहभागिता, सत्तापक्षले हिंसा भड्कायो : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पन्न स्थानीय तहको निर्वाचनमा ११३ वर्षीया वृद्ध महिलाको समेत उत्साहजनक सहभागिता हुनु सकारात्मक मानिए पनि सत्ता पक्षले दर्जनौं स्थानमा हिंसा भड्काएको आरोप लगाउनुभएको छ ।

निर्वाचन सम्पन्न भएपछि एक वक्तव्य जारी गर्दै निवर्तमान प्रधानमन्त्री समेत रहनुभएका ओलीले सत्ता पक्षबाट अधिनायकवादी कार्य भएको आरोप लगाउनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरुद्ध नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्व गतिविधि गरी अनावश्क रुपमा वातावरण विथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गर्‍यो ।’

अध्यक्ष ओलीले मतदातालाई आतंकित पारिएका स्थानमा पुनः मतदान गरी उजुरी आएको भन्दै यसलाई गम्भीर रुपमा लिन समेत निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष ओलीले आफ्नो वक्तव्यमा मतदान लगत्तै निधन भएका तथा सवारी दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

वक्तव्यको पूर्णपाठ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.