जल/वातावरण

दहचोककी सात वर्षीय बालकसहित थप तीन जनामा सङ्क्रमण- संक्रमितको संख्या २ सय ४९

कोभिड–१९ को सङ्क्रमण बिहिबार साँझसम्म तीन जनामा देखिएको छ । यो संगै बिहिबार मात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएका हुन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ तीन जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

संक्रमितहरुमा काठमाडौँ दहचोक निवासी सात वर्षीय बालक, धनुषाको जनकपुर उपमहानगरपालिका निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या २४९ पुगेको छ ।

यसअघि बिहिबार बिहान दुई जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार दुवै सङ्क्रमित व्यक्तिको अवस्था सामान्य रहेको र तीनै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.