दुई दिनमा काठमाडौंको मुटुमा छिरेको कोरोनाको त्रास, पाहुना लाग्न समेत कडाई
मंगलबार साँझसम्म काठमाडौंको रमझमा थोरै मात्र कमी थियो, तर बुधबार विहानबाट एकाएक त्रास फैलियो कोरोना संक्रमित भटाभट भेटिन थालेपछि । उपत्यकामा मेटिएका सबै कोरोना संक्रमित तराईबाट आएका हुनाले अहिले तराईबासीको बढी बसोबासा भएको काठमाडौंको मुटुका बासिन्दामा त्रास फैलिएको छ ।
काष्ठमण्डप, मरु, जैसिदेवल, हनुमानढोका दरबार स्क्वाएर, झोंछे आदि क्षेत्रबाट बिहीबारदेखि प्रशासनले मानिस बोलाउँदै परीक्षणका लागि भनेर लगिरहेको छ । यहाँ तराई र भारतीय मुलका नागरीकहरुको बसोबास बढी मात्रामा रहेको छ । तर, कति यहाँ भित्रिएका छन र कति बाहिरीएका छन भन्ने तथ्यांक पनि यकिङ छैन ।
बिहीबार र शुक्रबार मात्रै मरु, चिंकमुगलतिर संक्रमित भेटिएको भन्ने आशंकामा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अट्को नारायण र चिंकमुगल आसपासको क्षेत्रमा आवतजावतमा रोक लगाएको छ । तर, आधिकारिक रुपमा यस क्षत्रका कति व्यक्तिमा कोरोनाभाइरस देखियो निर्दिष्ट गरेको भने छैन ।
काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि पाहुना लाग्नेदेखि उपत्यका बाहिरबाट आफ्ना घर कोठामा भित्रिने सम्मलाई थप कडाइ गरिएको छ । सरकारले विभिन्न नाकाहरुमा कडाइ गरेपनि मानिसहरु अझै पनि विभिन्न बहानामा काठमाडौं उपत्यका भित्रने प्रयास गरिरहेको पाइएको छ ।
यसबीचमा महामारीको रुप लिने खतरा बढेपछि सरकारले उच्च जोखिममा रहेका काठमाडौं उपत्यकाका १० हजार व्यक्तिको परीक्षण गर्ने निर्णय लिएको छ । त्यस अनुसार बिहीबार कालीमाटी तरकारी तथा फलफूल बजारमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न तीन सय ३४ जनाको थ्रोट स्वाब संकलन गरिएको छ भने सात सय जनाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा चार जनामा पोजेटिभ देखिए पनि यसको आधिकारिक जानकारी दिइएको छैन ।
त्यसो त चैत १९ गते गतेबाट सुरु गरिएको आरडीटी जाँचमा आजसम्म ६२ हजार तीन सय २७ जनाको टेस्ट गरिएको छ । यति धेरै टेस्ट गर्दा कति जनालाई पोजेटिभ देखियो, उनीहरू क–कसको सम्पर्कमा आए भन्ने तथ्यांक सरकारसँग छैन । र्यपिड टेस्टमा पोजेटिभ आएर पीसीआरमा नेगेटिभ आएकाहरूको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ गरेको छैन ।
अहिलेसम्म पीसीआर जाँचमा पोजेटिभ आएकाहरूको मात्रै कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिएको छ । तर, अधिकांश र्यापिड टेस्टमा पोजेटिभ आउनेहरू विदेशबाट आएका तथा क्वारेन्टाइन बसेकाहरू छन् ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार कुनै पनि व्यक्तिलाई आरडीटी पोजेटिभ आउनु भनेको उसको शरीरमा कुनै न कुनै समय कोरोनाको सक्रिय भाइरस थियो । तर, अहिले निको भइसकेको वा हुने क्रममा छ भन्ने हो । तिनीहरूको शरीरमा भाइरस सक्रिय रहेको बेला अरूलाई सर्न पनि सक्छ । तर, सरकारले यो तथ्य थाहा पाउँदापाउँदै आरडीटी पोजेटिभलाई नजरअन्दाज गरेको छ ।
कोरोना भाइरस संक्रमण लुकाउनुपर्ने विषय हैन । यो एचआईभी पोजेटिभजस्तो नैतिक पतन हुने कामबाट सर्ने होइन, जोसुकैलाई सजिलै सर्नसक्ने हुँदा यसको यथार्थ जानकारी नदिंदा जनमानसमा स्वतन्त्रता बढी हुन्छ र संक्रमणको जोखिम अरु बढ्छ । तर किन यसबारेमाा यथार्थ जानकारी बाहिर ल्याइँदैन भन्ने प्रश्न अहिले जनजनबाट उठिरहेको छ ।
नेपालमा हालसम्म दुई सय ५८ जनामा कोरोनाभाईरसको संक्रमण देखिसकेको छ । मङ्गलबार साँझ काठमाडौँको चन्द्रागिरि नगरपालिकामा, मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकामा एक–एक जना गरी तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पछिल्लो रिपोर्ट छ । यो संक्रमण देखिए सँगै उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्