राजनीति
लिपुलेक, लिम्पियाधुरा र कालापनी नयाँ नक्सा जारी गर्ने घोषणा (नीति तथा कार्यक्रमको पूर्णपाठसहित)
आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रममा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै भूमि भएको बताउँदै सो क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने र तदनुरुप नै छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिने घोषणा गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीको सम्बोधनमा भनिएको छ- “लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि हो। यो भूमि फिर्ता ल्याउन ठोस कूटनीतिक पहल गरिनेछ, लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरिनेछ ।”