स्वास्थ्य

शनिबार एक सय ८७ जनाको मृत्यु, थप आठ हजार ४६ संक्रमित

कुल सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७ सय ४०

विगत २४ घण्टाको अवधिमा नेपालमा कोरोनाभाइरस संक्रमणका कारण एक सय ८७ जनाको मृत्यु भएको छ । शनिबार थपिएका संक्रमतिसंगै कुल मृतकको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा आठ हजार ४६ सङ्क्रमित थपिएका छन् । १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ४ सय ५५ जना कोरोनामुक्त भएका छन् । हालसम्म ३ लाख ३३ हजार १०८ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.