क्रिकेटखेल

आइपिएलमा दिल्लीद्वारा लखनउ १९ रनले पराजित   

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो ।

आइपिएल दिल्लीद्वारा लखनउ १९ रनले पराजित   

दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ५८ रनको अर्धशतकीय पारी खेले भने ट्रिस्टन स्टब्सले ५७ रनको अविजित अर्धशतकीय इनिङ खेलेका थिए ।

त्यस्तै साही होपले ३८ रन जोड्दा कप्तान ऋषभ पन्तले ३३ र अक्षर पटेल १४ रनमा अविजित रहे । लखनउको लागि नवीन उल हकले २ विकेट लिए भने अर्सद खान र रवि विश्न्वईले १-१ विकेट लिए । दिल्लीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रनमात्र बनाउन सक्यो । उसका लागि निकोलस पुरनले ६१ रनको अर्धशतकीय इनिङ खेल्दा अर्सद खानले अविजित रहँदै ५८ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

दिल्लीको लागि इशान्त शर्माले ३ विकेट लिए भने खलील अहमद, कुलदीप यादव, अक्सर पटेल, मुकेश कुमार र ट्रिस्टन स्टब्सले समान १-१ विकेट लिए । जितसँगै दिल्ली १४ खेलमा १४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने १३ खेलमा १२ अंक जोडेको लखनउ सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.