जन सरोकार

श्रीलङ्काबाट उद्धार गरिएकामध्ये एक महिलाले खुलाउनुभयो बेचबिखनमा संलग्नको पहिचान

माइति नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कोभिड -१९ को बेला श्रीलङ्काबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएको बताउनुभएको छ ।

इथियोपियामा रोजगारीको प्रलोभन देखाई राजस्थान पुर्‍याइएका १२ महिलाकाे उद्धार

उहाँले ती आरोपित व्यक्तिलाई प्रहरी अनुसन्धानको दायरा ल्याइएको बताउनुभयो । कठमाडौँमा बुधबार मिथिला संस्कृति समाजले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले एक वर्षपछि एक जना पीडितले अपराधमा संलग्नको नाम खुलाएको जानकारी दिनुभएको हो ।

“एकजना पीडितले कसले बेचेको र कसरी श्रीलङ्का पु-याएको नामसहित मुख खोल्नुभएको छ”, उहाँले भन्नुभयो, “प्रहरीले यसैको आधारमा दोषीलाई अनुसन्धानको दायरामा ल्याइसकेको छ ।”

उहाँले बेचबिखनमा परेका पीडितले सजिलै अपराधीको नाम खुलाउन नमान्ने बताउनुभयो । जसले गर्दा पीडितलाई न्याय दिलाउन गाह्रो हुने गरेको छ । त्यस्तै, पछिल्लो समय देश बाहिर मात्रै होइन्, देशभित्रै छोरीचेलीको किनबेच भइरहेको उहाँले खुलाउनुभयो । मङ्गलबार काठमाडौँको एक ‘स्पा’ बाट १४ जना किशोरी उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।

खासगरी रात्रिकालीन मनोरञ्जन क्षेत्रमा १२ देखि १८ वर्ष सम्मका बालिकाको शारीरिक एवं मानसिक बेचबिखन भइरहेको कोइरालाको भनाइ थियो ।

“विदेशमा बेचिन त छँदैछ, छोरीहरु देशभित्रै बेचिएका छन्”, उहाँले भन्नुभयो, “कसरी रोक्ने हो ? चिन्ताजनकस्थिति छ । न्यायको टर्च बालेर खोज्नुपर्ने स्थिति छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.