जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ, कपिलवस्तु, सिरहा, कैलाली, सर्लाही र दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठामाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा बा.५ ख २९६७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषकोबुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कपिलवस्तु, विजयनगर गाउँपालिका-५ कटुवास्थित सडकमा ठाकुरापुरबाट बिजयनगर पिपरीतर्फ जाँदै गरेको युपी ४७ एन ०३२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६४ वर्षीया खिरताजी पासीको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै आधारभूत स्वास्थ सेवा अस्पताल चन्द्रौटामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सिरहा, औरही गाउँपालिका-३ खजनपुरस्थित सडकमा मधेश प्रदेश ०१-००१ त २६४६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय जगदिश ठाकुर बरहीको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यता काठमाडौं, दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित सडकमा प्रदेश ०२-००८ प ९२९६ नम्बरको स्कुटर र बा.प्र.०२-००१ प ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा स्कुटरमा सवार हाल वतन नखुलेका करिब २७ वर्षीय रञ्जन थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोद्या अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता कैलाली, गौरीगंगा नगरपालिका-१ गोप्कास्थित सडकमा बा.प्र.०२-०२८ प ४४६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने लाल बहादुर बोहराको छोरा ९ वर्षीय युवराज बोहराको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सर्लाही, चन्द्रनगर गाउँपालिका-२ पर्ती टोलस्थित सडक छेउमा राकी राखेको ज.१ त ५१९० नम्बरको ट्याक्टरमा प्रदेश २-०३-०२१ प ११६८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका-९ बेला बस्ने २८ वर्षीय संजित साहको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१३ हेलो टावरस्थित सडकमा रा.५ प ४९०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक रोल्पा रून्टीगढी गाउँपालिका-५ घर भई हाल दाङ घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने ३२ वर्षीय सागर घर्तीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.