राजनीति

भारतको अतिक्रमणबिरुद्ध तीनदिन 'ब्ल्याक आउट' गर्न आव्हान

भारतले नेपाली भूमि लिपुलेकहुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोबार पुग्ने बाटो बनाएर नेपाली सार्वभौमिकताको अतिक्रमण गरेको बिरोधमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले तीन दिन (ब्ल्याक आउट) बत्ती निभाउन आम नेपालीमा आव्हान गरेको छ ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले शनिबार एक विज्ञप्ति जारी गरी गत वर्ष कार्तिकमा लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई भारतको राजनीतिक नक्सामा हालेको र उक्त क्षेत्र हुँदै चीनको तिब्बत जोड्ने सडक बनाई त्यसको उद्घाटन समेत गरेको बिरोधमा बत्ती निभाउनन आग्रह गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ सन् १९४७ अगस्ट १५ देखि ग्रेटर नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिनमा भारतले उपनिवेश कायम गरेको, सन् १९६२ देखि नेपालको कालापानी क्षेत्रमा अर्धसैनिक बल राखेको नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताविरुद्ध निरन्तर प्रहार गरेको बिरोधमा जेठ ४ गते आइतबारदेखि ६ गते मङ्गलबारसम्म ३ दिन बेलुका ८० बजेदेखि ८ः०५ सम्म ५ मिनेट बत्ती निभाउन अनुरोध गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.