बिचार

प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ र राष्ट्रपतिको ‘हिहि’को यथार्थ

संविधानमा व्यवस्था भएको छनौटको प्रावधान अनुसार त्यसो गरेका

वैशाख ३१ गते शुक्रबार तेस्रोपटक प्रधानमन्त्रीको शपथग्रहण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिज्ञा गर्दछु शब्द उच्चारण गर्दा प्रधानमन्त्री केपी शर्मा ओली रोकिएपछि राष्ट्रपतिले पुनः दोहोर्याउनुभयो । त्यसपछि प्रधानमन्त्री ओली यो त्यो पर्दैन भनेपछि राष्ट्रपति भण्डारी मुसुक्क हाँदै हिहिहि गर्नुभयो ।

यो विषयले सामाजिक सञ्जाल र संचारमाध्यमहरुमा निकै चर्चा पायो र आलोचनाको वर्षा नै भयो । तर यसको वास्तविकता के हो ? किन देश र जनताको पक्षमा काम गर्छु भन्ने प्रतिज्ञा गर्न आवश्यक ठान्नुभएन प्रधानमन्त्री केपी ओलीले ? वास्तवमा यथार्थ के हो ?

विश्लेषक तथा चिन्तक एवं डिकेन्द्र ढकालले आफ्नो फेसबुक पेजमा यस विषयमा प्रस्तुत गर्नुभएको विश्लेषण र तथ्य यस्तो छ-

सामाजिक संजालमा “त्यो पर्दैन” बारे भएको बाक्लै चर्चा बारेमा:

वलीले”त्यो” पदावली आफूले भन्न नपर्ने भएकोले राष्ट्रपतिले दोहो-याउँदा “त्यो पर्दैन” भने । उनले संविधानमा व्यवस्था भएको छनौटको प्रावधान अनुसार त्यसो गरेका हुन् । संविधानमा त्यो छनौटको व्यवस्था छ भने कुनै व्यक्तिले आफ्नो “विश्वास” अनुसार छान्नु अनौठो कुरो नै भएन । बरु अनौठो त उनले ईश्वरको नाममा सपथ लिएको भए हुन्थ्यो किनभने स्पष्टै छ, कम्निष्टहरु ईश्वरमा आस्था राख्दैनन्। कतिपयले भन्लान्, वली कम्निष्ट नै होइनन् । यो अरुले भन्ने कुरो होइन । उनले आफूलाई कम्निष्ट भन्छन्, उनको दलले उनलाई कम्निष्ट भनेर सदस्यता दिएको छ र निर्वाचन आयोगले पनि कम्निष्ट दलकै सदस्य ठान्दछ भने अरुले होइन भनेर केही हुने होइन, भनिराखे जिब्रो टट्टाउने मात्र हो ।

हिहीही: राष्ट्रपतिले सुरुमा हातमा पारिएको कागजमा सोझै जे छ त्यही पढिन्, वलीले त्यो पदावली नभनेपछि उनको आसय राष्ट्रपतिले बुझिनन् र दोहो-याइन् । वलीलाई लाग्यो, उनी चुप लागेर बसे राष्ट्रपतिले त्यही पदावली फेरि दोहो-याउँछिन् ! यसरी त सपथ अगाडि बढ्दैन । त्यसैले चलाख वलीले बोलेरै संकेत गरे अघि बढ्न । बल्ल यति बेला एउटा कम्निस्टको कुरा अर्को कम्निस्तले बुझ्दा स्वभाविक हिसाबले “हिहीही” आइहाल्यो ! आयो त ! क्यारून् त उनले पनि! हो, यहाँ भने कमजोरी भएको हो । कमजोरी राष्ट्रपतिको होइन । यस्ता औपचारिक कार्यक्रम बनाउने “भित्रिया”हरुले एउटा कम्निष्ट प्रधानमन्त्रीले सपथ खाँदा सपथको प्रावधान हेरेर, अड्कल काटेर वा सपथ खाने व्यक्तिलाई सम्पर्क गरेर राष्ट्रपतिलाई तयारी गराएको हुनुपर्थ्यो । अर्को तिरकाले पनि यो तयारी गरेको भए हुन्थ्यो । यो दुबैतिरका भित्रियाहरुको गैरजिम्मेवार काम हो ।

कतिपयलाई लाग्न सक्छ, त्यसो हो भने उनीहरुकै अयोध्या, पशुपति आदि के हो त ? यसबारे सबैले बुझ नपचाउने हो भने सबैलाई थाहै छ, त्यो “नाटक” हो । राजनीतिमा भोटका लागि यस्तो हुन्छ। भ्रम दिन सक्नु राजनीतिमा खुबी नै मान्नुपर्छ । भोट गन्ने बेलामा बदर हुने गरी छाप लागेको छैन भने आस्तिकले हालेको पनि भोट गनिन्छ।

त्यसैले कम्युनिष्टहरु जसले मार्क्स, लेनिन र माओलाई आदर्श मान्दछन् उनीहरुको दर्शन अनुसार नै यस प्रकारको नास्तिक विश्वास पछ्याइएको हुनाले यो समाचार र चर्चाको विषय बन्ने कुरो हो जस्तो मलाई लाग्दैन । बरु यो सिद्धान्त अनुसारको कार्य हो र आलोचनाको विषय नै होइन । (कम्युनिस्टले गैरकम्युनिस्टलाई र गैरकम्युनिस्टले कम्युनिस्टको आलोचना गर्नु बेग्लै कुरो हो ।)कम्युनिज्म र धर्मबारे बढी सुनिएको एउटा कथन छ कार्ल मार्क्सको, “धर्म भनेको अफिम हो ।” त्यस्तै माओको कथन छ, “धर्म भनेको विष हो ।” यसरी पूर्वीय र पश्चिमी दुबै दर्शनमा आस्तिकवाद र नास्तिकवादका अनुयायी पाइन्छन् । नास्तिक हुन कम्युनिस्ट नै बन्न आवश्यक पनि छैन । फेरि कम्युनिज्म आफैमा अर्को “धर्म” हो किनभने धर्म भनेकै आखिर आस्था नै हो । बरु एकैपटक उही व्यक्ति ईश्वरलाई स्विकार्ने आस्तिक हुनु र कम्युनिस्ट हुनुमा -यांगठ्यांग मिल्दैन कि किनभने कम्युनिस्ट हुनु भनेको भौतिकवादी दर्शनलाई मान्नु हो ।

ईश्वरको अस्तित्व स्विकार्ने धर्मबारे कम्युनिस्ट सिद्धान्तकारका केही कथनहरु:

१.कम्युनिजम (साम्यवाद) त्यहाँबाट सुरु हुन्छ, जहाँबाट नास्तिकवाद सुरु हुन्छ । – मार्क्स । श्रोत: Communism and the Conscience of the West ( 1948)

२.हामीलाई ईश्वरमाथि विश्वास छैन । सम्पूर्ण ईश्वरीय आराधनाहरु भनेको मरेको शरीरमाथि यौनक्रिडा गर्नु हो । – लेनिन । श्रोत: James Thrower, God’s Commissar(1992)

३.कुनै पनि धार्मिक विचार, कुनै पनि देवताको विचार र देवतासँगको प्रेम पनि अवर्णनीय दुर्गन्ध हो, सबैभन्दा ख़तरनाक दुर्गन्ध, सबैभन्दा निन्दनीय स्पर्शरोग अर्थात् रोगसंक्रमण हो । – लेनिन श्रोत: Arnold Beichman ( 2000)

फेरि यस प्रकारका कथन कम्युनिस्ट सिद्धान्तकारहरुले उल्लेख गर्नु अगि पूर्वीय दर्शनमा नास्तिक विद्वान चार्वाकले पनि चर्चा गरेका थिए । चार्वाकका अनुसार ईश्वरीय शक्तिको अस्तित्व छैन । शासक (उनकै शब्दमा राजा) नै अन्तिम शक्ति हो । अर्थात् चार्वाकका मतमा शासक भनेको यस लोकको स्वामी हो । उसको नियम सबैले मान्नु पर्छ । त्यसैले प्रत्यक्ष ईश्वर भनेको त्यही शासक हो । किनभने उसले असल र खराबको निर्णय गरी दण्ड र पुरस्कार दिन्छ । त्यसैले नास्तिक भनेका कम्निस्ट मात्रै हुन्छन् भन्नु पनि छैन । कम्निस्ट नबनिकन पनि नास्तिक बन्न सकिन्छ । बिपी कोइरालालाई अध्ययन गर्दा उनी ईश्वरप्रति आस्थावान वा धार्मिक लाग्दैनन् । हो, आध्यात्मिक भने लाग्दछन् । धार्मिक हुनु र आध्यात्मिक हुनु फरक कुरो हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.