राजनीति

लुम्बिनी र कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना हुने

२५६६ औं शुद्ध जयन्तीका अवसरमा लुम्बिनी भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच गौतमबुद्धको जन्मभूमि रहेको शहर लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदी बीच भएको भेटमा दुई शहरबीच भागिनी सम्बन्ध स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘लुम्बिनी र कुशिनगरबी भगिनी सम्बनध स्थापना गर्न दुवै पक्ष सैद्धान्तिक सहमत भएका छन्,’ परराष्ट्र मनत्रालयले जानकारी दिएको छ, ‘आवश्यक प्रकृया सम्बन्धित स्थानीय निकायहरूमार्फत समयैमा नै अघि बढाइनेछ ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा आइतबार बिहान मात्रै लुम्बिनी आइपुग्नुभएको हो ।

लुम्बिनीको मायादेवी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीको संयुक्त पुजा गर्ने कार्यक्रम सकिएपछि दुई देशका प्रधानमन्त्रीबीच द्धिपक्षीय भेटवार्ता भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.