बुधबार उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई सफाई दिएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपको निलम्बन फुकुवा गरेको छ ।

क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई टी ट्वान्टी विश्वकप खेल्ने बाटो खुलेको छ । क्रिकेटर लामिछानेले बलत्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ क्यानले सन्दीपको निलम्बन फुकुवा र टिममा फर्काउने विषयमा आकस्मिक छलफल गरेको हो ।
‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ’ क्यानले भन्यो ।
उच्च अदालत पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गर्दै सफाइ दिएको थियो । यसअघि जिल्ला अदालतले गत १३ पुसमा बलत्कार मुद्दामा दोषी ठहर गरेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्