जन सरोकार

सुन जस्तो देखिने पहेलो धातु देखाई ठगी गर्ने व्यक्ति पक्राउ

सुन जस्तो देखिने पहेलो धातु देखाई ठगी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-५ क्षेत्री वाहुन टोल बस्ने ३० वर्षीय सन्जित शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

झापा, दमक नगरपालिका हाट बजारको क्षेत्रमा जेष्ठ नागरिक र महिलाहरूलाई सुन जस्तो देखिने पहेलो धातुको टिल देखाई नगद तथा महिलाहरूले लगाएका सुनका गरगहनाहरूसँग सट्टापटा गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीले शर्मालाई दमक नगरपालिका-६ पशुहाटबाट ५६ ग्राम ३ सय १० मिलिग्राम तौल भएको सुन जस्तो देखिने धातुसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.