जन सरोकार

वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन

कोरोनाका कारण गुमाउँदैछ मुलुकले स्रष्टा र प्रतिभाहरु

कोरोना भाइरस महामारीको संक्रमणले मुलुकले महान हस्तीहरु गुमाइरहेको छ । आइतबार साहित्यकार, लेखक तथा चलचित्रकर्मी चेतन कार्कीको निधन भयो भने सोमबार विहान वरिष्ठ साहित्यकार प्रा राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा निधन भएको छ ।

उहाँको केही दिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।

विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मनुभएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक हुनुहुन्थ्यो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ ले सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपुरणीय क्षति भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.