जन सरोकार

चीनबाट झिकाइएको अक्सिजन सिलिन्डर राजधानी भित्रिँदै

थप १५ हजार थान सिलिण्डर र स्वास्थ सामग्री चीनको सिगात्से, न्यालम आइपुगेको

निजीक्षेत्रले चीनबाट झिकाएको अक्सिजन सिलिन्डर तातोपानी भन्सार आएको छ । दुई हजार पाँच सय ३० थान खाली सिलिन्डर भन्सार जाँचपास पछि सोमबार राजधानी पुग्ने तातोपानी भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिनुभयो ।

नेपाः हिमा ट्रेड लिङ्क कम्पनीले झिकाएको मध्यम खालको ११ केजी तौलको उक्त सिलिन्डर सिल्क ट्रान्सपोर्ट प्रालिले ढुवानी गरेको ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताउनुभयो ।

चीनबाट झिकाइएको जम्मा २० हजार सिलिन्डर मध्ये दुइ हजार थान नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट ल्याइने र १८ हजार थान सडक मार्ग हुँदै राजधानी ल्याइने बताइएको छ ।

खाली सिलिण्डर ढुवानी गरिरहेको सिल्क टान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश शेर्पाले धेरै परिमाणका अक्सिजन सिलिण्डरसहित स्वास्थ सामग्री बोकेका ८० वटा कन्टेनर खासा बजार आइपुगेको छ । उक्त कन्टेनरहरुमा पिपिई सेट, सर्जिकल मास्क, स्यानिटाइजर, ग्लोभ्स, कोरोना भाइरस नियन्त्रणका लागि अति आवश्यक सर्जिकल उपकरण ल्याइएको ब्यापारी शेर्पाले बताउनुभएको छ ।

खासा क्षेत्रमा आइपुगेका उक्त अक्सिजन सिलिण्डर र स्वास्थ सामाग्रीलाई खासा प्रशासनले मेडिकल प्रोटोकल पूरा गरेर केही दिन भित्रै नेपालतर्फको तातोपानी नाका पठाउने शेर्पाले जानकारी दिनुभएको छ ।

शेर्पाले थप १५ हजार थान अक्सिजन सिलिइण्डर अन्य स्वास्थ सामग्री, उपकरण चीनको ल्हासा, मेम्बु, सिगात्से, न्यालम क्षेत्रमा आइपुगेको बताउनुभएको छ । उक्त सिलिण्डर र स्वास्थ्य सामग्री तातोपानी नाका आइपुग्न कम्तीमा दुई हप्ता लाग्ने बताइएको छ ।

खासाबाट तातोपानी नाका आइपुगेको सिलिण्डर र स्वास्थ सामाग्री तातोपानी भन्सारमा भित्राउन कर्मचारी, ब्यबसायी, मजदुर, लार्चादेखि मितेरी पुलसम्म मेडिकल प्रोटोकल पूरा गरेर भित्राएको उहाँले बताउनु भयो । खासाबाट अक्सिजन सिलिण्डर भन्सार आईपुग्न साथ आवश्यक मेडिकल प्रोटोकल पूरा गरेर काठमाडौं पठाहाल्ने प्रमुख गौतमले बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.