कला/मनोरन्जनकलिउड

वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओड ५ लाख धरौटीमा रिहा  

वैवाहिक बलात्कारको आरोप लागेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड बिहीबार साँझ रिहा भएका छन् ।

गायक रवि ओड

कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । उनले गत साता कञ्चनपुरको कृष्णपुर नगरपालिकाकको इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण  गरेका थिए ।

रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भएको थियो । रविविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

उक्त उजुरीपछि रविविरुद्ध कञ्चनपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.