जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने २९ वर्षीय होमराज राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

राईले फेसबुक मार्फत चिनजान गरी ती महिलालाई विभिन्न प्रलोभन देखाई घुमफिर गर्न जाउँ भनी धनकुटा महालक्ष्मी नगरपालिका-९ टुनिबोटेस्थित कटेरो घरमा लगेर वैशाख २९ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जितपुर र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.