जन सरोकार

सचेत रहनुस्- अझै केही हप्ता चुनौतिपूर्ण रहने

सामाजिक कार्य उद्घाटन जस्ता कार्यको नाममा हुने ठूला भेला संक्रमणको कारण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला भेला संक्रमणको कारण रहेको उल्लेख गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनौतिपूर्ण रहेने सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईंमा लागि पर्दा पनि संक्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको बताउनुभयो ।

उहाँले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएकाले पनि संक्रमण बढिरहेको जनाउनुभयो ।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गर्नु भएको छ । उहाँले निषेधज्ञाको समयमा अझै पनि मानिसहरु आवतजावल ५९ प्रतिशत मात्र कमि आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताउनुभयो ।

महिनैभरि भोज-भतेर जिल्लैभरि कोरोना

जनजीवनमा कठिनाई पर्न गए पनि हामीसंग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लङ्घन भइरहेको देखिन्छ उहाँले जारी गर्नु भएको सूचनामा भनिएको छ ।

यस्तै कोरोना भाइरस विरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सवैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सवैको सहयोग हुनुपर्ने बताउनुभयो ।

मन्त्रालयको अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी संक्रमणको उच्च जोखिम रहेको जनाएको छ ।

सोमबार मात्र नेपालमा नौ हजार २४७ जना संक्रमित, २१४ को निधन र पाँच हजार ७६७ निको भई घर फर्किएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.